Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि घट्यो घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार तोलाका ३०० रूपैयाँ घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।