Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि तीन दिन गड्याङगुडुङ

काठमाडौं । आगामी तीन दिन देशभर भीषण वर्षाहुने पूर्वानुमान गरिएको छ । मौसमविद्हरुकाअनुसार, मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि नेपाल तर्फ सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा जनाएको छ । देशको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तीन दिनको पूर्वानुमान
श्रावण २० गते: दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१ गते
दिउँसो : देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ।
राति : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२ गते
दिउँसो : देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।
राति : देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।


सम्बन्धित समाचार