Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि फुट्यो मेलम्चीको पाइपलाइन

काठमाडौँ । राजधानीको थापाथली क्षेत्रमा खानेपानीको पाइपलाइन फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेको हो । पाइपलाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भिक अस्पताल जाने ठाउँतिरको बाटोमा लाइन फुटेको र त्यससँगै सडक भत्किएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । यस्तै सो क्षेत्रका केही पसलहरुमा पानी समेत पसेको स्थानीयले बताएका छन् । तीन साताअघि मात्रै बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुड्दा त्यस क्षेत्र जलमग्न बनेको थियो ।


सम्बन्धित समाचार

बजेट काट्दै सरकार

२०८१ फाल्गुन २०

ताजा नेपाल

नीतिगत लुटमै छ ऊर्जामन्त्रीको ध्यान

२०८१ फाल्गुन २०

ताजा नेपाल