Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि महाधिवेशन सार्ने देउवाको तयारी

काठमाडौं । फेरि महाधिवेशन सारेर अघि बढ्ने योजनामा पार्टी सभापति शेरबहादुर देउवा रहेका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशन सार्नका लागि बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बैठक बस्ने तय भएको हो । यही फागुन ७ गतेदेखि महाधिवेश गर्ने तय गरेको काँग्रेस महाधिवेशन सर्ने निश्चित भइसकेको छ । महाधिवेशनका धेरै कामहरु गर्न नसकेकाले महाधिवेशन फेरी सानु परेको हो । यसअघि पनि पटक पटक महाधिवेशको मिति तोक्दै सार्दै आएको काँग्रेसले अव तोकेको मितिमा भने गर्नै पर्ने संवैधानिक दवाव रहेको छ ।
चार बर्षे कार्यकाल सकिएपछि एक बर्ष म्याद थपेको काँग्रेसले थपिएको समयमा पनि महाधिवेशन गर्न नसकेपछि फेरी छ महिना थप गरेको छ । यस अवधिमा पनि अधिवेशन सम्पन्न गर्न नसकेमा पार्टी नै अवैध हुने निर्वाचन आयोगको दलसम्वन्धी ऐनमा व्यवस्था गरिएको छ । कोरोना भाइरसको महामारीलाई बाहना बनाउदै काँग्रेसले महाधिवेशनका कुनैपनि गतिविधि नगरेपछि महाधिवेशन हुन नसकेको हो । काँग्रेसले अहिलेसम्म पनि क्रियासिल सदस्यताको विषयलाई टुंगो लगाउन सकेको छैन भने स्थानीय तहमा पार्टीको अधिवेशन अन्यौलमा रहेको छ ।
आजको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै महाधिवेशनका बाँकी प्रक्रिया अगाडि बढाउने निर्णय गर्न सक्ने नेताहरुले बताएका छन् । आगामी बैशाख देखि भदौ भित्रमा महाधिवेशनको मिति तोकिन सक्ने नेताहरुको भनाई छ ।