Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि रडाको बामदेव र ओलीकै

राजनितीक स्वार्थ र पदको लडाइमा नेकपाको नेत्तृव्वले देशलाई अन्धकारको भुमरीमा पार्न पछी परेन । आफुले सोचेको बाहेक अरुलाई चासो नदिने अंहकारी चरित्रका प्रधानमन्त्री केपी ओली र पाटी उपाध्यक्ष बामदेव गौतम विचको लेनदेनको लडाई फेरी भर्कीदैछ । पाटी सचिवालयले गरेका निणयलाई वास्ता नगर्ने प्रमओली र समय अनुसार कुर्लने बामदेव विचको जुवारीले विहीवार बस्ने सचिवालयको बैठकलाई कता मोड्छ निश्चित छैन । किनकी गौतमलाई पाटीले राष्ट्रिय सभामा लैजाने सिफारिस गरेको धेरै भयो । विधि प्रकृया सिद्धान्त निष्ठा र व्यवहार त नेकपा एमालेकै समयमा बल्खु खोलाले बगाएको थियो । स्वार्थको राजनितीक गदै आएका र पदको निम्ती जो संग पनि सम्झौता गर्ने चरित्र  भएका खड्ग ओली र बामदेव गौतम मात्र होइन माधव नेपालको समेत बेला मौकामा धतुरो झरेकै हो ।

कुनै पनि स्थानमा पाटमिा योगदान गरेका व्याक्ति हरुको चयन हुनु पर्ने हो तर ओली सरकारले गुटको आधारमा दलला र माफीयाहरु बाहेक लाई चिनेकै छैन । पाटी यहाँ दर्शक बनयो ओली वादशाह बने तिनै वादशाह संग अहिले बामदेवको लडाई परेको छ । चुनाव हारेर पनि देशको प्रधानमन्त्री भएका माधव नेपाल र चुनाव हारेरै प्रधानमन्त्री बन्न खोज्ने बामदेव गौतमको चरित्रमा भिन्नता छैन । गुटबन्धीलाई महत्व दिदाँ प्रधानमन्त्री ओलीले पदमा पुगेपछि पाटीका कुनै पनि निर्देशन पालना गर्नु परेन । किनकी उनी ले जे गर्दछन् पाटीले मान्नु पर्ने पाटीको निर्देशन उनले मान्नु नपर्ने । छाडावादका नायक भएको कारण ओलीको इच्छामा डाक्टर युवराज खतीवडालाई अर्थ मन्त्री बनाइयो तर उनले पाटीको घोषणा पत्रमा उल्लेख भएका कार्यक्रमहरुको समन्ययनै गरीएन । प्रमओली ले उनैलाई बारम्बार अर्थमन्त्री बनाउदाँ सरकार आर्थिक रुपमा असफल भएको छ । भदौ २० गते बाट डा. खतीवडाको पद समात्त हुदै छ । बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने पाटीको पुर्वघोषित योजना भने अनिश्चित छ ।

पाटीको आन्तरिक विवाद हटाउन गठन भएको कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीको तहबाट अस्वीृकार हुनहो भने त्यसको अर्थ हुदैन गुटकै आधारमा नेत्तृत्वले राजनितीक नियुत्ती गर्दै जादा सरकार बदनाम भएकोमा प्रमलाई चासो छैन ।उनी आफै सर्वेसर्वा बनेर पाटीका कुनै पनि निर्देशन र निणर्य स्वीकार नगर्ने वादसाहका रुपमा परिचत भएका छन् । छोटे बादसाह इश्वर पोखरेल भानुभक्त ढकाल भएपछि डा. युवराज खतीवडाको पद खोसीने कसरी । कीनकी नेकपाको निम्ती जनताले दिएको मत देश बनाउन होइन यिनै बादसाह र छोटेबादसाहको स्वार्थ पुरा गर्नु हो । कोरोना कहरको माहामारीमा देश डुबेको छ । जनता लकडाउनको भोकमरकिो चपेटामा परेको छ । सर्वहारा मजदुर वर्ग काम र मामको खोजीमा सडकमा भैतारी रहेको छ । किसानले मल पाएको छैन आफ्नो उत्पादको उचित मुल्य पाउनु त कम्युनिष्ट सासनको दलालीय र विचौलिया पथ नै भएको छ ।

उस्तो समयमा पाटीका उपाध्यक्ष र नेताहरुको पदिय लडाइले बदनाम उनीहरुकै भएको छ । तर चिन्ता र चासो यहाँ कसैलाई छैन । मात्र पदको लडाई स्वार्थको भागवण्डाले राष्ट्रिय स्वाभिमान माथि समेत प्रहार गर्दा बादसाहहरु बसुरी बजाएर नाचिरहेका छन् जनता आक्रोसित बनेर पाउने केही देखिदैन मात्र माधव नेपाल झलनाथ खनाल बामदेव गौतमहरुलाई राष्ट्रिय ढुकुटी लुटेर आफ्ना दर सन्तानका लागी थुपार्ने अवसर आएको छ यस्तो अवसर यिनैलाई सधै आइरहोस ।