Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि वाम एकताको डम्फु बजाउँदै वामदेव

काठमाडौं । नेकपा एमाले र माओवादीलाई रातारात एक ठाउँमा उभ्याउन भित्रभित्रै खेल्नेमध्येका वामदेव गौतम यतिखेर निस्क्रिय अवस्थामा छन् । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिष्ट पार्टीको एकीकरण कार्यका लागि प्रयासमा जुट्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एकीकरण भएको कम्युनिष्ट पार्टी तीन टुक्रा हुन पुग्या छ । म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु,’ उनले भने,‘केही समयमा घोषणा गरेर लाग्नेछु । सफल हुन्छु हुन्नँ थाहा छैन ।’ एकीकृत पार्टी विभाजन भएपछि आफू नेपालको कुनैपनि पार्टीमा नरहेको बताउँदै उनले आफ्नो विचार कम्युनिष्ट पार्टी एक हुनुपर्ने छ भन्ने रहेको बताए । कम्युनिष्ट पार्टी एक होस् भनेर नै आफूले कुनै नेताका बारेमा पनि आलोचना नगरेको सांसद गौतमले बताए । तर, त्यो आफ्नो स्वभावभन्दा भिन्न भूमिका रहेको उनले बताए । ‘मेरो जीवनमा म निकै क्रिटीकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ, मदन भण्डारीको पनि आलोचन गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ,’ उनले भने,‘जो जोसँग सम्बन्धित भएको छु, उहाँहरूसित सैद्धान्तिक, राजनीतिक संघर्ष हुँदै आएको हो । र म त्यसैमा दिक्षित जस्तो भए ।’ कम्युनिष्ट पार्टी विभाजन भएर ऐतिहासिक अवसरबाट वञ्चित भएको सांसद गौतमले दाबी गरे ।