Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अन्तत राजनीति दलहरुले भागवण्डा र स्वार्थ बाहेक नौलो बाटो देखाएनन् । जनताले स्थिरताका लागि नेकपालाई देश चलाउन दिएको जिम्मेवारीलाई ५ वर्ष धान्न नसक्ने केपी ओलीका घुर्कि र धम्की ठूला छन् । जो पार्टीको अध्यक्ष थियो उसले पार्टीमा निष्पक्षता देखाएन । सरकारको काम हुकुमी शैलीमा लगायो । नियम कानून ऐन लत्याएर मुलुक निरंकुश शैलीमा हिडाउन सफल भयो । उसको हैकम विरुद्ध विद्रोह भयो । तर मन्त्रालयको भागवण्डालाई प्रतिष्ठा बनाइयो । सरकारले पूर्णता पाएन ।
माधव पक्ष र जसपाको भागका मन्त्रालय छुट्याएर मन्त्री परिषद विस्तार गर्न प्रधानमन्त्रीलाई के ले छेक्यो ? जबकी मन्त्रालय भाग लगाएको कुरा आएका छन् । जब सहमति हुन्छ त्यसको कार्यन्वयन गर्नु पर्छ । निर्णय गर्ने कार्यन्वयन नगर्ने त एमालेका केपि छदै थिए । ओली पथ मै शेर बहादुर देउवा हिड्ने हो भने फरक के भयो ? संघियता गणतन्त्र समावेशीता जस्ता कुरा माथि हिजो ओलीले प्रहार गरे आज देउवाले सरकारलाई पूर्णता दिएनन् । काँग्रेसकै आन्तरिक किचलो चर्कियो । २२ मन्त्रालय छन् प्रशासन सुधार आयोगले दिएको आधार मिच्ने हो भने मन्त्रीको भिड बडाउन सफल पात्र देउवा हुन् ।
संसदीय कालमा देउवा लोकतन्त्र स्थापना पछि डा. बाबुराम ठूलो मन्त्री मण्डल बनाउन सफल पात्र हुन् । मन्त्रालयको संख्या देशको अवस्था सबैलाई थाहा छ । भाग लगाउने ७/६ र ५ खोज्ने सबै भएपछि त्यो पार्टीको नेतृत्व र प्रधानमन्त्रीले गर्छन् के ? देउवा सरकारले विश्वासको मत लिदा माओवादी जसपा नेकपा समाजवादी र महन्त ठाकुर समूहले साथ दिएको थियो । सर्वदलीय सरकारमा विपक्षी हुदैन । एमाले सत्तामा जादैन काँगे्रस र माओवादीले आफ्ना मन्त्री पठाएका भए विगर्ने केहि थिएन । दोष जसपा र समाजवादीमा असक्षम आफैमा देखिएको जात्रा त यही नै हो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल