Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको सहमति कार्यान्वयनमा चासो नदेखिएको भन्दै पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै ढिलाइ वा षड्यन्त्र भए तत्काल सडक आन्दोलनमा जान बाध्य हुने बताएका छन्।
यसअघि राजधानी केन्द्रित २९ दिने शैक्षिक आन्दोलनपछि गत वैशाख १७ गते महासंघ र सरकारले सहमति गरेका थिए। सो सहमति अनुसार प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने भनिएको थियो।
तर सरकारले सो विधेयक संसदमा अघि नबढाएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल