Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरी बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ ।