Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेसबुकमा पार्टी र नेताविरुद्ध लेखेको आरोपमा वडाध्यक्ष निष्काशित

दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ । दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए ।