Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेसबुकमा पुटिनलाई गाली गर्न पाइने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ । ‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक भावना व्यक्त गर्ने अस्थायी छुट दिएका छौं’ मेटाका प्रवक्तलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रायः यस्ता टिप्पणीलाई फेसबुकले आफ्नो कम्युनिटी पोलिसीविरुद्ध जाने भन्दै हटाउँदै आएको थियो । यसअघि समाचार संस्था रोयटर्सले कम्पनीले पठाएको गोप्य इमेललाई उद्धृत गर्दै फेसबुकको कमेन्ट पोलिसीमा परिवर्तन आउन लागेको जनाएको थियो ।

यद्यपि सर्वसाधारण रुसी जनतालाई लक्षित गरी यस्तो किसिमका कमेन्ट गर्न नपाइने जनाइएको छ । यता रुसले भने अमेरिकालाई फेसबुकको ‘अतिवादी गतिविधि’ बन्द गर्न चेतावनी दिएको थियो । गत सातामात्रै रुसले आफ्नो मुलुकमाथि भेदभाव गरेको भन्दै फेसबुकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।