Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फोहोर बोक्ने ट्रक मध्यरातमा सरर

काठमाडौँ । राजधानी काठमाडौंंको सबैभन्दा ठूलो समस्या फोहोर बिसर्जनमा सहमति भएको छ । काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको छ । समयसीमा तोकेर कुन काम कतिबेला गरिसक्ने भन्ने पनि सहमतिमा उल्लेख छ ।
सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका(१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका १ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।