Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आजदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को आक्रामक बुकिङसँगै घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मको एडभान्स टिकट बुकिङमा दर्शकको अनपेक्षित आकर्षण देख्न पाइएको छ । फिल्मले एकातिर ब्रान्ड भ्यालु र अर्कोतिर दशैंको एक साताको लामो बिदा भएकाले बक्स अफिसमा सुनामी ल्याउने आकलन गरिएको छ । हरेक हलमा फिल्मको बुकिङ आक्रामक भइरहेको छ । कतिपय हलमा शो ‘सोल्डआउट’ भएका छन् । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै देशभरका अधिकांश मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेसनमा ६५ शो बाँडेको छ । क्यूएफएक्सले काठमाडौँ उपत्यकामा ३० शोज उपलब्ध गराएको छ भने, उपत्यका बाहिर ३५ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेसनमा १५ शो उपलब्ध गराएको छ । यसैगरी, वान सिनेमाजले दुई स्टेसनमा १३ शो, बिग मुभिजले ८ शो, विएसआर मुभिजले ६, एफक्यूबले ९ शोज दिएका छन् । अन्य हलहरूको अनलाइन साइटमा हेर्ने हो भने पनि यस फिल्मले धेरै राम्रो शोहरु पाएको छ । यो फिल्म नेपालका तीन सय स्क्रिनमा रिलिज हुँदै छ । अहिले जुन हिसाबले आक्रामक बुकिङ भइरहेको छ प्रायः हलमा फिल्मको टिकट हाहाकार हुनसक्ने देखिन्छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मले अझ राम्रो वर्ड अफ माउथको साथ पाए फिल्मले देशैभर व्यापारमा गज्जबको उछाल ल्याउन सक्न सहजै अनुमान लगाउन सकिन्छ । साथै, दर्शकको उत्साह अझ बढेर गएको खण्डमा बाँकी दिनमा राम्रो व्यापार गर्न सक्ने छ । यो फिल्म सात वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको हो । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल