Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बच्चा अपहरण तथा बन्धक बनाउने दुई समातिए

काठमाडौं । ३ जना बालबालिकालाई अपहरण गरी बन्धक बनाएको अभियोग गोरख, गोरखा नगरपालिका(१० घर भई हाल काठमाडौं महानगरपालिका(२६ बस्ने २८ वर्षीय बिनोद थापा मगर समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालबालिकालाई अपहरण गरी ३ लाख रुपैयाँ फिरौति माग गरेको भन्ने सूचानाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका(९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ भित्र बच्चाहरुलाई वन्धक बनाई राखेको अवस्थामा फेला पारी मगर र होटल संचालक समेतलाई पक्राउ गरेको हो ।
ती बालबालिकाकी आमाले मंसिर २८ गते वच्चाहरुलाई सामाखुसीस्थित कोठामा आफन्तले रेखदेख गर्ने गरी छाडेर आफू काम विशेषले पोखरा गएकी थिइन् । त्यसपछि मंसिर ३० गते कैलाली धनगढी घर भएका काठमाडौं महानगरपालिका(३१ बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापतीले तिम्रो ममीले तिमीहरुलाई होटलमा लगी राख्नु भनेको छ भन्दै स्कुल जान लागेको वच्चाहरुलाई काठमाडौं टोखा नगरपालिका(९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा लगेर बन्धक बनाई राखेका थिए । बच्चाहरुलाई बन्धक बनाई सकेपछि सिजापतिले मंगलवार बच्चाहरुकी आमालाई बच्चाहरुकै नम्वरबाट फोन गरी तिम्रो छोराछोरी मेरो कव्जामा छन्, ३ लाख रुपैयाँ फिरौति दिएमा मात्र पठाउँछु भनि फोन गरेका थिए । पीडितले आशिष चिनजानकै मान्छे भएको र बच्चाहरुले पनि मामा साईनो लगाउने हुँदा विश्वास नगरी बुधबार आफैं काठमाडौं आई हेर्दा छोराछोरी फेला नपरे पश्चात बच्चाहरु अपहरणमा परेको भनेर महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएकी थिएन् ।
पक्राउ परेका मगरलाई सोधपुछको क्रममा आशिष सिजापति मंगलबार काठमाडौंबाट २ जना व्यक्तिहरुलाई अपहरण गरेको सम्बन्धमा मकवानपुर हेटौंडामा पक्राउ परेपछि बच्चाहरुको रेखदेखको लागि थापा मगरलाई राखेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
मगर उपर अपहरण तथा शरीर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल