Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बच्चा चोरीगर्ने महिला धरौटीमा रिहा

५ चैत, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन्
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको हो ।

आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेकी सिंह अदालतको आदेशपछि आइतबार नै धरौटी बुझाएर रिहा भएकी हुन् ।

दैलेखको महाबु गाउँपालिका–६ कि बच्चा चोरीको आरोपमा ११ फागुनमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।
११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप लागेको थियो ।

प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो । बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी उनले बताएकी थिइन् ।


सम्बन्धित समाचार

संसदमा कांग्रेसको अधिनायकवाद

२०८१ जेष्ठ ३

ताजा नेपाल

आज ३१औं मदन–आश्रित स्मृति दिवस

२०८१ जेष्ठ ३

ताजा नेपाल