Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बच्ला त कमरेड सग्लो नेकपा ?

काठमाडौं । स्थिर सरकारले केही गर्ला भन्ने आशा गरेको यो पुस्ताले अब कुनै अपेक्षा राख्ने छैन । आफूलाई जनताको पहरेदार भन्ने कम्युनिष्टलाई सत्ताको तालाचाबी सुम्पिँदाको पीडा अहिले आम नागरिकले भोगिरहेका छन् । कम्युनिष्टहरु संघर्ष गर्न जान्दछन् सत्ता चलाउन जान्दैनन् भन्ने कुरा वर्तमान सरकारका क्रियाकलापले छर्लङ्ग बनाएको छ । देश भाँडमै जाओस् तर आफ्नो गुट डगमगाउनु हुँदैन भन्ने अडान लिएर बसेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीकै हटका कारण नेकपा विभाजनको संघारमा पुगेको छ ।

दोस्रो पुस्ताले जतिसुकै खबरदारी गरे पनि ओली हठका अगाडि कसैको केही लाग्ने वाला छैन । पार्टीे विभाजन हुन दिन्न, आफूले पाएको कुनै पनि पद छाड्दिन भन्ने अहंकारी स्वाभाव नै अहिलेको राजनीतिक अस्थिरताको जड बन्दैछ । यही स्थिति रह्यो भने आगामी दुई वर्षपछिको निर्वाचनमा नेपाली जनताले फेरि गुटगुटको सरकारबाट राज्य लुट र अस्थिरताको साक्षी बस्नु पर्नेछ ।

माधव नेपाल मुर्ख होइनन् । वामदेवलाई छक्याएझैं सधैं छक्याउन सहज हुने । माधवलाई बोलाएकै दिन बालुवाटारमा वामदेवलाई बोलावट भएको देखिँदा त एमाले एमाले एकै भए माओवादीलाई किनारा लाए भन्ने थियो । तर अवस्था त्यस्तो होइन । किनकि एकता ओली जस्तो अराजक भ्रष्टको नायकलाई सिंहासनमा पु¥याउन होइन, जनताको अपेक्षा राष्ट्रको आवश्यकता भनेको शोषण रहित भेदभावपूर्ण प्रवृत्तिको अन्त्य सबैतिर समानता र सर्व स्वीकार्य व्यवस्था हो ।

लोकतन्त्र त्यसको जग हो । गणतन्त्र र संघीयता आत्मा हो । तर प्रम पदको बादशाह बनेका पार्टीका हैकमी मुखिया केपी ओलीले मनपरी गर्दा सहेर बसेका प्रचण्ड माधव र वामदेवको हातमा छ नेकपाको भविष्य । ओलीको दमन र अराजकता जनताको बहुदलीय जनवाद होइन । जुन सिद्धान्तले एमालेमा डलरवादी देशघाती मित्रघातीको विकास गरेको छ त्यही सिद्धान्त माओवादीले किन मान्छ ?

पार्टी एकता गर्दा समान हैसियतका पद बाँडेर समय तालिका बनाउने सरकारको नेतृत्व लिएपछि प्रचण्डलाई पेल्ने, माधवको सेखी झार्ने वामदेवलाई चुनाव हराउने कामले नपुगेर पदको लोभ देखाएर धोकादिने, छक्याउने काम किन गरियो । अपराधको श्रृङ्खला देशमा बढेका छन् । तीनको संरक्षण ओलीले गरेका छन् । त्यही कारण अहिले अन्तरकलह चर्किंदा पार्टी विभाजन गर्ने आन्तरिक तयारी उनीहरुकै टिमबाट भइरहेको छ ।


सम्बन्धित समाचार