Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेटप्रति निजी क्षेत्र आशावादी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले सुझाव दिएअनुसार बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले बजेटमार्फत् राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य उपयुक्त नै भएको तर कार्यान्वयन चुनौतीपूर्ण भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको बताए । ‘हामीले दिएका धेरै सुझावहरूलाई समेटिएको छ, आर्थिक ऐनमा हेर्न बाँकी छ, हामीले दिएको धेरै बुँदा समेटिएको छ’, उनले भने, ‘यसमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मागलाई सँगै अगाडि बढाउने भनेर आएको छ ।’ बजेट समग्रमा निजी क्षेत्रले उठाएका माग सम्बोधन भएको उद्योग वाणिज्य महासंघका उपाध्य हेमराज ढकालले बताए । बजेटको साइज बढ्दा कसरी मिलाउने भन्नेमा भने चुनौतीपूर्ण रहेको उनले बताएका छन् । बजेटमा राम्रो हिसाबले आउने तर, कार्यान्वयनमा नगएको अवस्था पनि भएको उनले बताए । अटोमोबाइल्स एसोसिएसन नेपाल नाडाका अध्यक्ष रणवीर चौधरीले नाडाको मागहरू समेटिएको भनेर भन्न गर्व लाएको प्रतिक्रिया दिए ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल