Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका घिसिङले सर्वसाधारणलाई सुझाव दिएका छन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल