Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक सम्मानित

काठमाडौं । बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आईएमई, हिमालयन र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो । जसमध्ये ग्लोबल आईएमई बैंकले कूल रेमिट्यान्सको २१।१ प्रतिशत, हिमालयन बैंकले २०।६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत रेमिट्यान्स उक्त आर्थिक वर्षमा भित्र्याएका थिए । त्यस्तै, राष्ट्र बैंकले वाणिज्य बैंक बाहेकका अन्य कम्पनीहरुलाई पनि सम्मान गरेको छ । बढी रेमिट्यान्स भित्र्याएको भन्दै राष्ट्र बैंकले इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आईएमई लिमिटेडलाई सम्मान गरेको छ । इसेवा मनि ट्रान्सफरले कूलको १२.१ प्रतिशत, सिटी एक्स्प्रेसले १४.९ प्रतिशत र आईएमईले कुलको २७।५ प्रतिशत रेमिट्यान्स गत आर्थिक वर्षमा भित्र्याएका थिए । त्यसैगरी, राष्ट्र बैंकले सबैभन्दा बढी डिजिटल कारोबार गरेका भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती र ईसेवालाई पनि सम्मान गरेको छ ।


सम्बन्धित समाचार