Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो ट्राफिक प्रहरीको सक्रियता

काठमाडौं । यस पटक राजधानीमा राजमार्ग सुचारु गराउन ट्राफिक प्रहरीको सक्रियताले निकै महत्व पायो । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल आफंै दिनरात खटेको देखिन्थ्यो । नेपालीहरुको महान चाड वडादशैंसँगै छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समयमा पनि राजधानीका सडकहरुमा ट्राफिक प्रहरीको सक्रियतालाई लिएर प्रसंसा गरेको देखियो । प्रहरीमा इमान्दार नेतृत्व आएको खण्डमा साँगठनिक परिचालन चुस्त हुन्छ भन्ने कुरा भीम ढकाल ट्राफिक प्रहरीको नेतृत्वमा आएपछि भएका सुधारहरुले पुष्टि गर्दछन् । असोज १२ देखि २६ गतेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ९ सय ११ माथि कारबाही गर्नु यसको उदाहरण हो ।

दशैंको समयमा ट्राफिक जाम नहोस् भन्नका लागि ५ सय जना स्वयंसेवकहरु परिचालन गरेर सडक यातायातलाई सञ्चालन गर्ने अभियान पनि समयमै भएकाले हुनसक्छ आम नागरिकहरुमा ट्राफिक प्रतिको सौहार्दता बढेर गएको छ । सरकारको तर्फबाट अझै पनि सडकमा आवश्यक जेब्रा क्रसिङहरुको व्यवस्थापन गर्न बाँकी नै रहेको छ । विदेशी पाहुना आएको समयमा उनी जता कुद्छन् त्यतैको सडक चिल्लो पार्ने, अन्यत्र वास्तै नगर्ने गलत प्रवृत्ति पनि नभएको होइन । सरकारले राष्ट्रिय पर्वहरु र विदेशी पाहुना आएको समयमा ट्राफिक प्रहरी र प्रहरीको सुरक्षा सक्रियताप्रति विशेष धन्यवाद दिइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले समेत यस पटकको सुरक्षा संयन्त्रको सक्रियतालाई मनैदेखि स्वागत गर्न बाँकी राखेनन् ।

चाडपर्वका बेला हुने ट्राफिक नियम उल्लंघन जस्ता घटना न्युनिकरणमा पनि ट्राफिक प्रहरीको सक्रियता निकै देखियो । तलको चार्टमा हेर्नुहोस् ट्राफिक प्रहरीको सक्रियता :


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल