Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो लागूऔषधको कारोबार

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने महोत्तरी घर भएका २९ वर्षीय आशुतोस अधिकारीलाई नियन्त्रित लागूऔषध नुर्फिन ४८ एम्पुल,डाइजेपाम ४८ एम्पुल र फेनेरागन ४८ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ पिपल चौताराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर नजिक बस्ने २२ वर्षीय निकेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना।१ ज ८५२६ नम्बरको माइक्रोबस जाँच गर्ने क्रममा माइक्रोमा सवार थापालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार