Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।