Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बतासमा आरजु म्याडमको संलग्नता पुष्टी

काठमाडौं । प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ । बतास समूह पछिल्लो पटक विवादमा आएपछि आरजु सल्लाहकार रहेको बतास फाउण्डेशनको आधिकारिक वेभसाइट नै हेर्न नमिल्नेगरि बन्द गरिएको छ । बतास समूह विवादमा आएपछि अहिले सो पेज प्राइभेट गर्दै सार्वजनिक रुपमा हेर्न नमिल्ने बनाइएको हो । सो समूहका सल्लाहकार बोर्डमा च्यारिस वार्डल, डा आरजु राणा देउवा, डा सुमन के कर्ण, खेमराज उपाध्यायको नाम छ । बतास समूह निकट स्रोतका अनुसार आरजु सल्लाहकारमात्र होइन सो व्यापारिक समूहको व्यवसायिक साझेदार पनि हुन् । गाडीका पार्टपुर्जा र क्रसर लगायतका व्यवसायमा उनको पनि हिस्सेदारी छ । आरजुले भने विहीवार फेसबुकमा स्टाटस लेख्दै आफू सल्लाहकार रहेका र आबद्ध भएका संस्थाहरुमा बतास नभएको बताएकी छन् ।