Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बदनाम प्रचण्डको ढिलासुस्ती घरवेटीको

काठमाडौं । आर्थिक वर्ष ०७१/७२ मा रु ३२ करोडमा ठेक्का लागेको नगरकोट भक्तपुर १७ किलोमिटर सडक अलिहेसम्म पूर्ण रूपमा सम्पन्न भएको छैन । नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री हुँदा आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप गरिए पनि त्यो अवधिमा प्रधानमन्त्रीका घरवेटीले उक्त सडकलाई पूर्णता दिने विश्वास गर्न सकिँदैन । शासकको सनकको भरमा करोडौं खर्च गरेर सडक रंगाएको ३० दिन नबित्दै भक्तपुर काठमाडौं दु्रत बस सेवाको उद्घाटन रमझमबाट जनताले राज्यबाट सेवा पाएनन् । आफ्नो घरवेटीले लिएको सडक ठेक्काको म्याद थपेको थप्यै गर्न लाज नलाग्ने प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सरकारको नालायकीले जनआक्रोश बढेको छ । निर्माणको क्षेत्रमा बदनाम पप्पु कन्स्ट्रक्सन भन्दा बढी बदनाम भएको भए पनि अब प्रधानमन्त्री दाहालकै सिफारिशमा सरकारले सम्मान गर्ने अवस्था नआउला भन्न सकिँदैन । सरकारले मुआब्जा नदिएर कुनै बेला कलंकी, नागढुंगा सडकको बिजोग जस्तो थियो त्यही रूप भक्तपुुर नगरकोट सडकको छ सिंहदरबारलाई थाहा छैन । तर बदनामी प्रधानमन्त्रीको भएका छ । पर्यटकीय क्षेत्र नगरकोट पुग्न काठमाडौंबाट पर्यटकले रुचाए पनि सैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारीको अपराधले भक्तपुरवासी हैरान छन् । यो सरकारको नाटक अनेक छन् । कम्युनिष्ट पार्टीले जनतालाई राज्यबाट केही दिनु नपर्ने, जनताबाट बैङ्कको चक्रवृत्ति ब्याजझैं कर अशुल्ने बहादुरी गौरवका साथ प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको लहडले निजी क्षेत्रका थोत्रा बस बटुलेर रत्नपार्क शान्ति बाटिकाबाट भक्तपुरसम्म द्रुत गतिको बस सेवा जसरी शुरु भयो त्यसरी नै बस सञ्चालकहरूले यातायात व्यवस्था विभागबाट सहयोेग नपाएको बताउँथे । त्यसका लागि साझा यातायात र निजी क्षेत्रलाई नै सहुलियत दिएर समयमा भक्तपुर काठमाडौं बस चलाउने निर्णय गर्न सकिन्थ्यो । सडक विभागको काम हरेक वर्ष करोडौं स्वाहा पार्दै गुणस्तरहिन सडक मर्मत गर्ने हो भन्ने देखिन्छ । अरु देशमा एक पटक पिच भएको सडक १५ वर्षसम्म थोरैमा टिक्छ । नेपालमा सडक पिच भएको एक हप्ता नबित्दै पिच उप्कन्छ, झार पलाउन थाल्छ । सडकको गुणस्तर नहुुनमा मन्त्री, सचिव, महानिर्देशक, सम्बन्धित जिल्लाका सडक प्रमुखको खल्ती गह्रौ बनाउनु पर्ने बाध्यता भएकाले गुणस्तरहिन काम भएको ठेकेदारहरू बताउँछन् । काम ग¥यो समयमा भुक्तानी हुँदैन । अर्थमन्त्री समेत ठेकेदारकमो भुक्तानी दिनुअघि ठेकेदार भेट्न खोज्छन् । ठेकेदारसँग मोटो रकम लिएर चुनाव खर्च गर्ने काँग्रेसले देशको ठूलो पार्टी भएकोमा गर्व गर्छ । भन्न त राजनीतिक रुपमा नेताहरूको समेत बदनाम भएकाले मंसिरभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ । यसबीचमा यस्ता मंसिर थुप्रै बितेका कारण जनता आश्वास्त हुन सकेका छैनन् ।
द्रुत वस सेवा सञ्चालन गर्न सडक रंगरोगन गर्न रु ३ करोड स्वाहा भएको छ । त्यो सmडकका लागि यहाँ प्रयोग भएको रंग उम्किने, कलर उड्ने भएको छ । आफ्ना घरवेटीले नगरकोट भक्तपुर सडक मर्मतका नाममा राज्यलाई अटेरी गर्दा लाज नमान्ने सम्वृद्धि र विकासका योजनाकारहरू धन्यवादका पात्र भएका छन् । कुरा चर्को तिनकै छन् । मन्त्री र सचिवमात्र इमान्दार भएर भौतिक पूर्वाधार मन्त्रालय चल्दैन भन्ने कुरा छर्लङ्ग छ । त्यही मन्त्रालयमा विजय गच्छदार, रेणु यादव, रघुवीर महासेठ जस्ता भ्रष्टाचारमा गोदवा दिनु पर्ने नेताले नेतृत्व गर्दा सडकमा इञ्जिनियर, सुरु र डिभिजन प्रमुखहरूको मूल्य बढाबढ हुन्थ्यो । अहिले मन्त्रालयमा त्यो घृणित रूप छैन । सचिव केशव शर्माको कार्यकक्ष सुनसान देखिन्छ । उनी ठेकेदार भेट्दैनन्, फाइल अड्काउँदैनन् । जस्ता सचिव त्यस्तै महानिर्देशक सडकमा छन् । उनले त्यो पद पाउँदा खर्च गर्न परेन । तर प्रधानमन्त्रीको घरवेटीको पौरखमाथि खवरदारी गर्ने आँट छैन । त्यही मन्त्रालयमा छोटो समयमा सरुवा भेटी बन्द गरेर प्राविधिकहरूलाई काममा अनुशासित बन्न बाध्य पार्ने नारायणकाजी श्रेष्ठले बसालेको नीतिमा मन्त्री प्रकाश ज्वाला (बुढाथोकी) पनि हिँडेको दाबी गर्छन् । तर सुई र डिई सरुवा गर्दा उनको सचिवालयका चल्तापुर्जाहरूको चलखेल भने चर्केको छ ।