Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बधशाला बन्दै क्वारेन्टाइन

काठमाडौं । छि हाम्रो देशको राजनीतिक कस्तो रहेछ ? कामरेड दीपक मनाङेलाई समेत राजनीतिक भ्रष्टाचारले दिक्क बनाएछ । अब त सुध्रिन सकिन्छ कि ? लाज, शर्म, घिन प्रतिष्ठा र इज्जत नभएको व्यभिचारी सरकारले कोरोनाको महाकारीका नाममा लुट मच्चाएकै छ । राज्यकोष खर्चेर बनाइएको क्वारेन्टाइन मानव सेवा भन्दा मानव वधशाला बन्दैछ । क्वारेन्टाइनमा डाक्टर नहुने, मुटु रोगीलाई पनि नछुने, मृगौला पीडितलाई नजाँच्ने मानव हत्याको लाइसेन्स प्राप्त डाक्टरकै कारण जनकपुरमा राजु सदाको ज्यान गयो । मानव वधशालाहरूको बढोत्तरी छ । लकडाउनले भोकमरीमा परेर छात्तिमा नाम्लो राखेर मरेका सूर्य तामाङ हुन् कि मलर सदा, जोद्दि गोडियाहरूको प्राण खान नपाएर गएको हो । जात नमिलेको नाउमा मर्नु परेका अतिज मिजार, अगिरा पासी, नवराज विकको टोली लकडाउनकै बेला मारिए । तर भ्रष्टाचार, घुसखोरी र कमिशनमा रुचि देखाएका कम्युनिष्ट सरकारलाई हिनताबोध भएन । लुटाहा सरकार जनताको सेवक होइन दुश्मन बनेर प्रस्तुत भएको छ । ओम्नी ग्रुपको निम्ति पार्टी खरानी बन्दैछ । राजनीतिमा डढेलो लागेको छ । सरकारले बनाएका क्वारेन्टाइन मानव बधशाला भएका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल