Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बधशाला बन्दै क्वारेन्टाइन

काठमाडौं । छि हाम्रो देशको राजनीतिक कस्तो रहेछ ? कामरेड दीपक मनाङेलाई समेत राजनीतिक भ्रष्टाचारले दिक्क बनाएछ । अब त सुध्रिन सकिन्छ कि ? लाज, शर्म, घिन प्रतिष्ठा र इज्जत नभएको व्यभिचारी सरकारले कोरोनाको महाकारीका नाममा लुट मच्चाएकै छ । राज्यकोष खर्चेर बनाइएको क्वारेन्टाइन मानव सेवा भन्दा मानव वधशाला बन्दैछ । क्वारेन्टाइनमा डाक्टर नहुने, मुटु रोगीलाई पनि नछुने, मृगौला पीडितलाई नजाँच्ने मानव हत्याको लाइसेन्स प्राप्त डाक्टरकै कारण जनकपुरमा राजु सदाको ज्यान गयो । मानव वधशालाहरूको बढोत्तरी छ । लकडाउनले भोकमरीमा परेर छात्तिमा नाम्लो राखेर मरेका सूर्य तामाङ हुन् कि मलर सदा, जोद्दि गोडियाहरूको प्राण खान नपाएर गएको हो । जात नमिलेको नाउमा मर्नु परेका अतिज मिजार, अगिरा पासी, नवराज विकको टोली लकडाउनकै बेला मारिए । तर भ्रष्टाचार, घुसखोरी र कमिशनमा रुचि देखाएका कम्युनिष्ट सरकारलाई हिनताबोध भएन । लुटाहा सरकार जनताको सेवक होइन दुश्मन बनेर प्रस्तुत भएको छ । ओम्नी ग्रुपको निम्ति पार्टी खरानी बन्दैछ । राजनीतिमा डढेलो लागेको छ । सरकारले बनाएका क्वारेन्टाइन मानव बधशाला भएका छन् ।