Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बम पड्काएर नेकपाले चुनाव जित्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचुनावको निष्पक्षतामाथि प्रश्न उठाउँदै सत्तारुढ नेकपाले बम पड्काएर चुनाव जितेको आरोप लगाएका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत कांग्रेसको पकड भएको क्षेत्रमा बम पड्काउन लगाएर नेकपाले मतदातालाई तर्साएको समेत देउवाले आरोप लगाए । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिवंगत नेता भीमबहादुर तामाङको स्मृति सभालाई सम्बोधन गर्दै नेता देउवाले सरकारले सत्ताको दुरुपयोग गरेर उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पारेको बताए ।
कांग्रेसले जित्ने ठाउँमा मतदातालाई त्रसित बनाएर नेकपाले चुनाव जितेको हो, सभापति देउवाले भने, पोखरामा कांग्रेसको बाहुल्यता भएको ठाउँमै बम पड्काएर मतादातालाई भड्काइयो । सभापति देउवाले स्थानीय प्रशासन र प्रहरीले सत्तारुढ नेकपाका उम्मेदवारलाई जिताउन भूमिका खेलेको पनि आरोप लगाए ।
चुनावका बेला प्रहरी–प्रशासनको पनि निष्पक्ष भूमिका देखिएन । धाँदली गरेका छन् । धाँदली गरेका ठाउँमा हामीले छानबिन गर्दै छौं, देउवाले भने, प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि कांग्रेसको पक्षमा मतपरिणाम राम्रो आएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल