Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बम बिष्फोटनमा संलग्न पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ २ गते सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका-१४ घर भएका देहज भन्ने २१ वर्षीय हरि बहादुर बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये बिष्टलाई त्रियुगा नगरपालिका(३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल