Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बर्दियामा भारी वर्षा सबै क्षेत्र जलमग्न डुबान

२८ साउन, काठमाडौं । बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।

विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६।४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२।८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४।२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा जनिक छ ।

२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई धेरै भारी वर्षा र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका ८ का सबै गाउँहरू डुबानमा परेका छन् ।

बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको वडाध्यक्ष नरबहादुर चन्दले बताए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको उनले बताए ।

बर्दियामा कर्णाली, बबइलगायत स्थानीय साना खोलाहरू रहेका छन् । तीन नदी र खोलामा आकस्मिक बाढी आउने भएकोले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् ।

बर्दियाँसगै सिन्धुलीको मरिनखोला स्टेशन, मकुवानपुरको मकवानपुरगढी, हेटौंडा स्टेशनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१।६, मकवानपुरगढीमा १५५।८ र हेटौंडामा १६७।२ मिलिमिटर वर्षा मापन भएको छ ।