Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन । किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाको नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मेयर अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा जबरजस्ती करणीमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चासमेत जन्माएकी जाहेरीमा उल्लेख छ । जााहेरीमा उल्लेख गरेअनुसार किशोरी दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार ती बालिकाले २०७१ गत फागुनमा बच्चा जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो । जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान जारी गरेको जनाए पनि मेयर फरार थिए । मंगलबार भने उनी आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । प्रहरी प्रमुख सुवेदीले नेपाल प्रेससँग मेयरलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल