Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कारपछि हत्या, लास भेटियो भन्दै प्रहरीमा जानकारी

काँकडभिट्टा । झापामा ७० वर्षीया महिलाको बलात्कारपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार राति अर्जुनधारा गाउँपालिका–११ की महिलाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका–४ रंगेडाँडाका ३५ वर्षीय विशाल बिर्जाले बिहीबार बिहान नेपाली सेनाको ब्यारेकअगाडि पूर्व–पश्चिम राजमार्गमा रहेको कल्भर्टमा महिलाको शव भेटिएको भन्दै चारआली प्रहरी चौकीमा खबर गरेका थिए ।
त्यसपछि बिर्जामाथि नै शंका लागेर नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले आफूले नै बलात्कारपछि मुख थुनेर वृद्धाको हत्या गरेको भनी स्विकारेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । बिर्जा सडकमा मागेर गुजारा चलाउँदै आएका व्यक्ति रहेको पनि प्रहरीले जनाएको छ । आफन्तका अनुसार ती महिला आइतबारदेखि बेपत्ता थिइन् । महिलाको मानसिक स्वास्थ्यमा समस्या रहेको उनका पतिले जानकारी दिए । ती महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।


सम्बन्धित समाचार