Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कार गर्न खोज्दा युबकको ज्यान गयो

काठमाडौंबाट इलाम गएकी १७ वर्षीया किशोरीलाई वैशाख २० मा राति इलाम नगरपालिका–७ मा बलात्कार प्रयास भयो । बलात्कार प्रयास गर्ने किशोर १८ वर्षका किशोर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का हुन् । उनी बा।५ ख ५९८२ नम्बरको गाडीका सहचालक हुन् । सो गाडीमा किशोरी काठमाडौंबाट इलाम गएकी हुन् ।
गाडीमा सवार अन्य यात्रु ओर्लिएपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएकी थिइन् । बुवा नआउन्जेल एक्लै बसेकी किशोरीलाई सह–चालकले जबरजस्ती करणी गर्ने प्रयास गरेर भागेका थिए । छोरीले आफुलाई बलात्कार प्रयास गरेको बताएपछि पीडित किशोरीको बुवाले गाडी चालकलाई कुटपिट गरे । कुटपिटबाट गम्भीर घाइते भएका सो गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका–२ वगुवा घर भएका ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए ।

शनिबार चालकको मृत्युपछि प्रहरीले पीडित किशोरीका बुवालाई पनि पक्राउ गरेको छ । बलात्कार उद्योग गरी फरार किशोरलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकले एकान्तमा लगेर गाडी रोकेर सहचालकलाई बलात्कार उद्योग गर्न सहजीकरण गरिदिएको थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने– ‘घटनामा चालकले पनि मतियारको भूमिका खेलेको देखिन्छ


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल