Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलियो रहेछ बजिया

वरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले सरकारलाई कोरोनालाई पहिलो प्राथमिकतामा राखी सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई ज्यान बचाउन सुझाव दिएका छन् । दोस्रो लहरुको कोरोना संक्रमणको लहर बढेसँगै संक्रमित भएका श्रेष्ठले डिस्चार्ज भएपछि आफ्ना सुवेच्छुकहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन्। कोरोना संक्रमणका कारण पहिलो पटक ८ दिन र फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर एक हप्ताअघि मात्र घर आइपुगेका मदनकृष्णले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । अस्पतालबाट डिस्चार्ज भएको एक हप्तापछि उनको आफु डिस्चार्ज भएको जानकारी दिएका हुन् । ‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’ उनले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’