Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरेडाँडा लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए। यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन। काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल