Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बल मिच्याई नगर्न माधवले दिए ओलीलाई चेतावनी

काठमाडौं । विधि, विधान र प्रक्रिया पद्दतिलाई तिलाञ्जली दिँदै मुखैमा कानुन लिएर हिँडेका प्रम आफ्ना गुटमा मान्छेका लागि जे हर्कत गर्न पनि पछि नपरेका बेला नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकराले बलमिच्याँई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हुने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संवैधानिक परिषदको बैठक राखेर विभिन्न आयोगमा नियुक्ती गर्न लागेका छन् । त्यसको अघिल्लो दिन नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल फेशबुक पेजमार्फत नेता नेपालले अहिले कोभिड १९ भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने बेला भएको पनि सुनाएका छन् । यस्तो बेलामा संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य गर्न खोजिएको उनको आरोप छ । उनले सरकार मुलुकमा उत्पन्न विषय परिस्थितिमा जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने पनि बताएका छन् । उनले गलत बाटोबाट गरिने यस्ता नियुक्ती प्रयासहरु तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।


सम्बन्धित समाचार