Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बसको ठक्करले परिवारै सकियो

बारा । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरामा बसले स्कुटरलाई ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २(०३(००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार दुर्घटनामा श्रीमान, श्रीमती र एक वर्षीय छोराको मृत्यु भएको हो । दुर्घटनामा निजगढ नगरपालिका १० बस्ने वर्ष नखुलेका तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको जनाइएको छ । स्कुटरलाई ठक्कर दिएका बस चालक फरार भएका छन् । प्रहरीका अनुसार चालको खोजी भइरहेको र मृत्यु हुनेको शव शल्य परीक्षणका लागि वीरगन्ज पठाइएको छ ।