Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित, आइतबारलाई तोकियो

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् । बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।यद्यपि, सहमति भने जुट्न सकेको छैन ।


सम्बन्धित समाचार