Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बस्नेतको दौडधूपमा एमाले पुनर्गठन, पदाधिकारीलाई पत्तो छैन

काठमाडौं । दुई पार्टी एक भएर झण्डै दुई तिहाई बहुमतले जनताबाट अनुमोदित भइसकेको अवस्थामा पार्टीभित्र विवाद चुलिएका बेला नेकपा एमाले पुनर्गठन गर्दै निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रिया शुरु भएको छ । यसका पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतको दौडधूप रहेको स्रोतले बताएको छ । बस्नेतको सक्रियतामा झापाकी सन्ध्या त्रिपाठीलाई पार्टी दर्ताका लागि अगाडि सारिएको हो । बस्नेतले चयन गरेका व्यक्तिलाई नै पदाधिकारीमा नियुक्ति गरिएको स्रोतको दाबी छ । यतिसम्मकी पदाधिकारीको दस्तखत छ तर ती व्यक्तिलाई आफू पुनर्गठित नेकपाको पदाधिकारी रहेको पत्तो छैन । ताजा नेपालले एक जदा पदाधिकारीलाई सम्पर्क गर्दा बल्ल आफू पार्टीको केन्द्रीय पदाधिकारी भएको पत्तो पाएका थिए ।


सम्बन्धित समाचार