Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बस्नेतले धोका दिँदा डाक्टरसाब अलपत्र

सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत जस्तो नेता पाउँदैनन् । यी दुवैको ससुराली राणा परिवार हुन् । त्यही कारण पार्टीमा गुटबन्दी चम्कँदा सिन्धुपाल्चोकका मोहन बस्नेतले देउवालाई साथ दिए । बस्नेत आफैं पनि तातोपानी अन्तर्गतका तस्करका संरक्षक हुन् । तस्करहरुले आफ्नो धन्दाअनुसार बुझाउनुपर्ने ठाउँमा बस्नेत पहिलो नम्बरमा पर्छन् । केन्द्रको सरकार जुनसुकै पार्टीले बनाए पनि अर्थमन्त्री जो भए पनि तातोपानी क्षेत्रमा चलेको धन्दा हो यो । त्यो अहिले पनि उस्तै छ ।

विकास लामा निवर्तमान सभापति भूपेन्द्र थापा काँग्रेस टुक्रिँदाका सभापति हुँदै हुन् । अहिले सिन्धुपाल्चोकमा स्थानीय चुनावको हिसाव चल्दैछ । नौ पालिकामा ३ नगरपालिका रहेको सिन्धपाल्चोकमा गत चुनावमा एमाले नै ठूलो अर्थात् धेरै पालिका जितेको थियो । माओवादी २, काँग्रेस ३ स्थानीय पालिका तहमा शासन गरेका थिए । एमलो सात स्थानीय तह जितेको हो । यस पटक एमाले फुटेको छ । सुभाष कर्माचार्यहरु माधव नेपालतिर लागेका छन् । त्यो पनि केपी ओलीले दिन्छन् र ठाउँ पाउँला भनेर लामो समयसम्म कुरेर केन्द्रीय सदस्य नपाएपछि मात्र ।

त्यहाँ माओवादीका अग्नि सापकोटा र काँग्रेसका मोहन बस्नेतको निर्वाचन क्षेत्र एउटै हो । बाढी पहिारे र कोरोना महामारी मात्र होइन भूकम्पले छिया छिया बनाउँदा काँग्रेसका मोहन बस्नेतको सक्रियताका अगाडि माओवादीका अग्नि र एमालेका शेरबहादुर तामाङको उपस्थिति कमजोर हुन्थ्यो । अझै त्यस्तै छ । तर यस पटक मोहन बस्नेतलाई पार्टीमा घात गरेको सजायँ राम्रै मिल्नेछ । उनले ठेकेदार जंगबहादुर तामाङलाई पार्टी सभापति बनाउँदा उनकै कारण त्रिविविको जागिर छाडेर पार्टी राजनीति गरेका डा. प्रेमध्वज तामाङमाथि घात गरेका छन् । मोहनलाई लगत्तै चाहिएको थियो । ठेकेदार जंगबहादुर उपयुक्त भए ।

टियुको प्रोफेसर त्यागेका डा. प्रेमध्वजले डनवादको पक्षपोषण गर्दैनन् भन्ने ज्ञान बस्नेतमा आयो । सिन्धुपाल्चोकमा हिजो पञ्चहरु पशुपति र नेत्रविक्रम थापाको लडाइँ थियो अजा अग्नि र मोहनबीच हुँदैछ । राजनीतिलाई सेवासँगै जोडेर माफियागिरी चलाउने मोहन र १० वर्षे युद्ध लडेर जनता रिझाएका अग्निबीच फरक त हुन्छ नै । यस पटक वंशलाल तामाङ र प्रेमध्वजको बीच गठबन्धन हुनुपथ्र्यो, तर भएन ।

अबका दिनमा बस्नेतले डा. प्रेमध्वजलाई केन्द्रीय सदस्य मनोनित गरे भने सिन्धुमा उनको दादागिरी बच्छ, होइन भने भोटेकोशीको भेलझैं पैसा कटने काजीको खाने काम प्रेमध्वजको हुनेछ । डा. प्रेमध्वज शुद्ध राजनीतिज्ञ हुन् । उनलाई बस्नेतले नै तयारी थाल भनेका हुन् तर पार्टी सभापति हुन दिएनन् । पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मासम्मको सम्बन्धले डा. प्रेमध्वजले कही न कहीं ठाउँ पाउँछन् । त्यो बेला जिल्लाको कुरा आउँदा मोहनले आफ्नो क्षेत्रमात्र हेर्छन् कि गुण्डा, लफूंगा र झोले तस्करको पक्ष लिन्छन् ? जबकि क्षेत्र नं. २ मा काँग्रेस २७ हजार, एमाले २५ हजार र माओवादी १२ हजार मत हुँदा गत चुनावमा अग्निले जितेका हुन् ।

अहिले पनि सत्ता गठबन्धन हुने भनिएको छ । तर मोहनले आफैंभित्र घात गरेको सजायँ अनुसार घटेको जनमत भोटेकोशी र त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्षले पूरा गर्छन् ? किनकि त्यहाँ त विकास लामा र भूपेन्द्र थापाहरु पनि काँग्रेस भन्दै दौडेकै छन् । किनकि वंशलालले ६२९, प्रेमध्वले ५०५, जंगबहादुरले ७०५ मत ल्याएपछि दोस्रो चरणमा सभापति चुनिएको हो ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल