Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आखिर लडाइँ सत्ता र कुर्सीकै थियो । तर त्यो कुर्सी पनि ५ वर्षका लागि प्राप्त भएकै थियो । पार्टी देखावटी थियो । प्रमलाई जनताको सरोकार थिएन । गुटभित्र रमाएर आफू बादशाहा बन्ने अवसर मिलेकै थियो । हनुमानहरू वरिपरि छँदै थिए, जयजयकार गरेकै थिए । आफ्ना कोही छैनन्, भन्दै गर्दा पार्टीमा महेश बस्नेत गोकुल जस्ता छोरा, निरु पालहरू जस्ती छोरी, ईश्वर पोखरे जस्ता भाई, बहुदलीय जनवादको व्याख्या गर्ने कमानसिंह लामाहरू पैदा भएकै थिए । राजदुतदेखि संवैधानिक आयोगसम्म लठैत भरिएकै थिए । प्रचण्ड र माधवहरूले कानून र विधिसंवत् निर्णय गरी पार्टीको अपमान नगरौ भनेका हुन् । ठूलो जहाजका दुई पाईलटले जहाज चलाउन शुरुदेखि नै सकेनन् । काम भएका पनि छन्, हुँदै पनि थिए । राजनीतिक नियुक्ति गर्दा पार्टीमा नाम छनौट गर्ने योग्य अनुभवीलाई ठाउँ दिने कुरा कल्पना मात्र भए । सरकार पार्टीको नियन्त्रणमा होइन, पार्टी ओलीको नियन्त्रणमा थियो, केपी ओलीले मनपरी गर्ने, उनका छौंडा र ढेंडुहरूले समर्थ गर्ने स्थिति छँदै थियो ।
पार्टी नै फुटाउन किन पथ्र्याे ? अल्पमतमा आफू हुँदा र त्यहाँ केही कमजोरी छ भन्ने हेक्का नगर्दा स्थिति भयाबह बन्दै छ । कानुनको पालन प्रधानमन्त्री र राष्ट्रपतिले नगर्ने, प्रचण्ड र माधवहरूले गर्नै पर्ने बाध्यता हँुदैन । सरकार र पार्टीका बीचमा समन्वय हुन्थ्यो भने एकताका बाँकी कामले पूर्णता पाउँथे । तर केपी ओली आफूबाहेक अरुलाई स्थान दिन सक्ने ठूलो छति, उद्दार मन भएका नेता थिएनन् । गुटको नेताले समग्र पार्टीको ख्याल गर्दैन । उनका सारथीहरूको चरित्र पनि स्वच्छ छैन । कमाइकै लागि राजनीति गरेकाहरूनै यो स्थितिका मुल जड हुन् । उनीहरू पार्टी विभाजनमा होइन कमाईमा ध्यान दिन्छन् । यो झमेलाको कारण त्यही हो । सरकार काम चलाउ भएको पुस ५ बाटै हो । कानुनतः संसद भंग गर्दा प्रधानमन्त्री काम चलाउ हुन्छन् । उनले आफूले पनि राजिनामा दिएर चुनावी सरकारको पहिचान दिलाएको भए कानून सम्बत् मानिने थियो । तर कानूनको ख्याल नगर्ने टीमका नेता केपी ओली आज किन पार्टीभन्दा गुटको नेतामा सिमित भए ?
गाउँको कुना काप्चाका जेष्ठ नागरिकले उखान टुक्के लवजमा भन्ने गर्थे बाँची बसे स्वर्ग देखिन्छ साइँला । यो भनाई निश्चित उद्देश्यमा मान्छे नचल्दाको फल हो भन्ने संकेत बुझिन्थ्यो । भ्रष्टचार नियन्त्रण गर्ने आयोग मै भ्रष्टचारको आरोप लागेका प्रेम राईलाई ल्याइयो । संविधान त असंवैधानिक भनिएको आयोगका नियुक्तिहरू कानून सम्वत भएनन् । अध्यादेश संसदले स्वीकृत गरेको थिएन । त्यो असंवैधानिक नियुक्तिले लोकतन्त्रको बार्खिलाप गरेको छ । प्रधानमन्त्री कानुनभन्दा ठूला भए । राष्ट्रको राष्ट्रपतिले प्रधानमन्त्रीले जे लाग्छन् त्यसको स्वीकृत गर्ने बाहेक आफ्नो पहिचान दर्शाउन सकिनन् । सम्मानित संस्थाहरूलाई पनि विवादमा पारिएको स्थिति आयो । कम्युनिष्टको नाउँमा हुने यस्तै हो ? संसदीय व्यवस्थाको विकल्प जनगणतन्त्र हो । त्यसको योजनागत सफलता सम्भव छैन भन्ने मत ठूलो छ । अहिले त्यो पार्टी यसरी छताछुल्ल हुन्छ भन्ने कसैले सोचेका थिएनन् । एकता गर्दा राजनीतिक बहस भएन । सिद्दान्त र कार्यदीशाको बहस भएन । नीतिगत छलफल छैन । एकाएक झ्याप एकता गरेका दुई पाइलटले त्यसको उद्देश्य कति पूरा गरे ? अहिले विभाजनको पिडा सहेका आम कार्यकर्तामा निराश जगाएको स्थिति छ । चुनाव यस्तै गतिले सम्भव छैन । भागको पोखिँदा टिप्ने साहस गर्नेहरूलाई पनि सहज छैन । किनकी नेकपाको सरकारले तीन वर्षको अवधिमा जनताको जीवनसँग सरोकार राख्ने योजना ल्याएन । यहाँ केपी ओलीको राजकाज सामान्तवादी सौदावाजीमा मात्रै केन्द्रीत भएको छ । निराशा, कुण्ठ र अंहकार नै नेकपाका नेताहरूको दिनचर्या भएको देख्नु प¥यो । जनताले ओलीवादको उग्रत्ता कति बढिरहन्छ त्यो ध्यान दिएर हेर्दैछ ।
उनकै कारण उनी अपमानीत बन्दैछन् । व्यवहारमा छुद्रता र दुष्टको पहिचान यहाँ देखाइयो । नेपालमा कम्युनिष्ट बढेको रिश विश्वका साम्राज्यवादी दलालहरूलाई थियो । कम्युनिष्ट सिध्याउन पश्चिमा राष्ट्रले अर्बाै डलर खर्चेर दलाल संस्थाहरू परिचालन गरेका थिए । संयोग बस उनीहरू राजनीतिक दलका हस्ती थिए । पार्टी फुटाउँदा नै उनीहरूको खेती मौलाएको देखिन्छ । प्रम ओलीको फुर्काइपनमै त्यस्ता तत्वहरू प्रयोगमा ल्याईन्छन् । मानव अधिकार तत्कालीन एमालेको डलर टोलीको पाठ्यक्रम भित्र पारिएकै थियो । ओलीकै वरपर बसेर तीनले नेकपा फुटाउन उक्साएका हुन् ।
शान्ति, प्रगति, अग्रगमनका पक्षधरहरूको आवज चर्केको बेला सरकारमा रहेको नेकपाले प्रतिवाद गर्छ । सत्ता चलाएको पार्टीले जनता र राष्ट्रको सर्वाेत्तम हित गरेकै थिएन । विकास सेवा पु¥याउने जनताको बहुदलीय जनवाद छँदै थियो । फरक विचार, फरक कार्यक्रम भएका शक्तिको एकता अगाडिको तयारी दुवैतिर ख्याल गरिएन । जब एकता केवल केपी आलीलाई प्रधानमन्त्री बनाउनै मात्र थियो भने अबका दिनमा ओलीको आग्रहमा कोही कसैले पनि साथ दिने छैनन् । उनका सारथीहरूको फर्माइस सुन्दा लाग्छ देश प्रधानमन्त्री ओली एक्लैको प्रयासमा यो अवस्थामा आइपुगेको हो । अरुको योगदान छैन ? ताली बजाउन मात्रै आएका हुन् ।
भाषणका चुच्चे रेल, मनो रेल, पानी जहाज, घरघरमा ग्याँस पाइपको बखान छुट्टी सक्यो । अब कम्युनिष्ट पार्टी प्रतिको ममता टुटेको छ । ससदीय अम्यासको पारगंत तत्कालीन एमालेभित्रको गुटबन्दी र लुटबन्दी भित्रैबाट संधियता गणतन्त्र समावेशीता गुटको कमाईमा रुपान्तरण भयो । धर्म निरपेक्षताको एजेण्डालाई कहिले पशुपति दर्शन र ३० करोड अनुदानले गिज्याएको छ कहिले राममन्दीर निर्माण अयोध्यापुरीको झकिझकाउ मै प्रधानमन्त्री रमाएका छन् । कोरोनाको अत्तोपत्तो छैन । सर्ने रोगलाई सार्न कसैलाई छुट थिएन ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल