Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
लेखकद्वय अर्जुन ज्ञवाली र त्रिभुवन विश्वविद्यालय एसियाली अनुसन्धान केन्द्र (सिनास) का प्राध्यापक पेशलकुमार निरौलाद्वारा लिखित बाइबल र माओवाद निरन्तर रुपमा प्रकाशित हुनेक्रममा परिमार्जनसहित छैटौं संस्करण पुनः बजारमा आइपुगेको छ । यो पुस्तक नेपाली राजनीति, शिक्षा, पत्रकारिता, सेना, प्रहरीमा मौलाएको पश्चिमा विकृतिको सुक्ष्म, विश्लेषणात्मक र सूचनामूलक दस्तावेजको रुपमा रहेको छ । यसकारण बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा चलेका सञ्चारगृह र जासुसी मिशनमा रहेका पत्रकारहरू समिक्ष गर्न पनि डराउँछन् । अपवादका रुपमा वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले यसको तेस्रो संस्करणमा समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । यस पुस्तकको भूमिका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार स्व. राजेश्वर देवकोटाले लेख्नुभएको छ । आजभन्दा ७ वर्ष पूर्व देवकोटाले पुस्तकमा भूमिका लेख्दा माओवादीको विषयमा तुहिएको र विघटन भएको जुन टिप्पणी गर्नुभएको थियो ठिक त्यसैगरी समाप्त भएको छ । तथापि माओवादीका अवयवहरू छिटफुट रुपमा रहेका छन् ।
नेपाली पुस्तक बजारमा यो पुस्तकले विगत ७० वर्षको नेपाली राजनीतिप्रतिको दृष्टिकोणमा नै फेरबदल ल्याइदिएको छ । अहिले ग्रास रुटमा जति पनि धार्मिक, साँस्कृतिक बहस सिर्जना भएको छ यसको जग बाइल र माओवाद पुस्तक हो । यो पुस्तक प्रकाशित भएपछि बाइबलमाथि केन्द्रीत १० अन्य लेखकहरूका पुस्तकहरू पनि प्रकाशित भएका छन् । ती सबै पुस्तकहरूको मुल जग बाइबल र माओवादले ल्याएको आँधीबेहरी नै हो । यो पुस्तक प्रकाशित हुनुभन्दा पूर्व बाइबल बादीहरूको बारेमा मानिसहरू लेख्न, बोल्न, टिप्पणी गर्न पनि डराउने गर्दथे । यस कारण आज जति पनि पश्चिमी मिशनरीहरूको भण्डाफोर भएको छ त्यसको पछिल्लो जग हाल्ने वैचारिक कार्य यो पुस्तकले गरेको हो भन्दा अत्युक्ति हुने छैन । माफिया, तस्कर र मिशनरी नियन्त्रित पत्रिका र टेलिभिजनले विज्ञापन र समिक्षा गरिदिए मात्र पुस्तक बिक्री हुन्छ भन्ने भ्रमलाई बाइबल र माओवाद पुस्तकले तोडिदिएको छ र प्रकाशनको यात्रामा छैटौं संस्करणसम्म आइपुगेको छ । यसबाट के पुष्टि हुन्छ भने राम्रा र सूचनामूलक पुस्तकलाई कुनै विज्ञापन र प्रायोजित समिक्षा आवश्यक पर्दैन । तथाकथित ठूला भनिने दैनिक र टेलिभिजनमै प्रपोगण्डा गर्नु पर्दैन भन्ने नजिर र उदाहरण यो पुस्तक बनेको छ । साथसाथै मिशनरी प्रकाशन संस्था, सञ्चार, जासुस पत्रकार र मिशनरी लेखकहरूको प्रपोगण्डा वार खेती पनि बाइबल र माओवादले समाप्त गरिदिएको छ । निरन्तर रुपमा पाठकको चाहना र मागलाई मध्यनजर राख्दै प्रकाशित हुँदै आइरहेको छ । नेपाली पुस्तक बजारमा मात्रै होइन सबै क्षेत्रमा यो पुस्तकको वैचारिक प्रभाव शसक्त भएर गएको छ ।
सत्य तीतो हुन्छ र तीतो यथार्थ हुन्छ । यो पुस्तक पुस्तकको रुपमा मात्रै नभएर नेपाल राष्ट्र विरोधीहरूको र विधर्मीहरूको दस्तावेजीकरण गरिएको इतिहास पनि हो । भावी पुस्ताले विदेशीको कलो खाएर आफ्नै मातृभूमि, धर्मसंस्कृतिमा घात गर्दै आफ्नै आमा बलात्कार गर्दा रमाउने राजनीतिकर्मी, पत्रकार, लेखक, वकिल, न्यायाधीश, प्राध्यापक नामक तथाकथित पाखण्डीहरूलाई यो पुस्तकको जानकारीमार्फत् भोलिका पुस्ताले हजारौं वर्षसम्म दुत्कार्ने छन् । तिनीहरूको कुकर्महरूको खोजी गरेर पर्दाफास गरिदिनेछन् । सत्यलाई भीड जम्मा गरेर एक छिनलाई मन्द पार्न सकिएला तर सत्य एक्लै भए पनि सत्य नै हुन्छ । यसकारण बाइबल र माओवाद पुस्तक एक्लै सत्यको सारथी बनेर लडिरहेको छ र आगामी दिनमा पनि लडिरहनेछ । हिजोदेखि आजसम्म यो पुस्तकका कारण विधर्मीहरूको भातिक शरीर देखिए पनि प्रत्येक दिन आत्महत्या गरिरहेका छन् र गर्नेछन् । थप सूचना र सामग्रीहरूसहित नयाँ कलेबरमा परिमार्जनजसहित प्रकाशित छैटौं संस्करण पढ्न छुटाएका पाठकहरूले पढ्न, बुझ्न र सत्कर्म उत्मुख हुन एक पटक पुस्तक पूर्ण रुपमा अध्ययन गर्नैपर्दछ ।
पुस्तक लेखनमा शब्दहरू आक्रामक छन् । धर्म विरोधीहरूमाथि यी शब्दका पर्राहरू महाभारत युद्धमा अर्जुनको बाँणको तीर भन्दा पनि कडा लाग्न सक्दछन् र कसैका लागि गाली पनि हुन सक्दछ । तर यो कटु यथार्थ हो । वैशालीका नगरबधु जस्ता बजारीया लेखक प्रकाशक, पत्रकार र बुद्धिजीवीहरूलाई यो पुस्तक अपाच्य र पुस्तकको कलेबर हेर्दै तर्सनुपर्ने हुन्छ । पुस्तकको शीर्षक बाइबल र माओवाद भए पनि शीर्षकभन्दा अगाडि बढेर दरबार, सेना, नेपाली काँग्रेस, एमालेभित्रका बाइबलबादीहरूलाई पनि कडा प्रहार गरिएको छ । त्यतिमात्रै होइन, हिन्दू धर्मको आवारणमा पश्चिमाहरूले सञ्चालन गरेका संघसंस्थाहरूको पनि पर्दाफास गरिएको छ । यसकारण यो पुस्तक सबै प्रकारका साँस्कृतिक साम्राज्यवाद विरुद्धको बिगुल पनि हो । यो कृतिले हिन्दू धर्मको नाममा दरबारिया, पूर्व पञ्च र सेनाको धोती, कछाड राम्रैसँग खुस्काइदिएको छ । १० वर्षे बाइबलवादी माओवादी हिंसालाई नेपाली सेनाभित्रैबाट गरिएको सहयोग र सेनाभित्र राणाहरूमार्फत् बाइबल मिशनको घुसपैठलाई पुस्तकले पर्दाफास गरिदिएको छ । यसर्थ यो पुस्तक आगामी सयौं वर्षसम्म पनि जस्ताको तस्तै जवान रहनेछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल