Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाइबाई पारस खड्का

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन् । डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २००९ देखि कप्तानको भूमिकामा रहेका उनले २ वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।
१९ वर्ष व्यावसायिक क्रिकेट खेलेका खण्डाले कप्तानबाट राजीनामा दिएको २ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिने घोषणा गरेका छन् । उनले २०७६ असोज २८ मा कप्तानबाट राजीनामा दिएका थिए । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले राष्ट्रिय टोलीलाई पनि सफलता दिलाएका थिए । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले आफ्नै कप्तानीमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म दिलाउन भूमिका खेलेका थिए । नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनलाई सफल अलराउन्डर मानिन्छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल