Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमति प्रदेशमा मन्त्री बढ्ने !

काठमाण्डौ । गठबन्धनबिच सबैको चित्त बुझाउन मुख्यमन्त्रीलाई सजिलो उपाय भनेको मन्त्री परिषद विस्तार गर्ने नै हो । यहाँ राज्यकोष खर्च गर्ने कुरामा कुनै दलका नेता पनि कम छैनन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । पाण्डेले नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ‘आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । पाँच जना मन्त्री थपिनेछन्’, मुख्यमन्त्री पाण्डे निकट स्रोतले ताजानेपालालाई भन्यो, मन्त्रालयको टुङ्गो लगाउन छलफल भइरहेको छ ।’स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रका विशाल खड्का, घनश्याम दाहाल र रत्न ढकालले मन्त्रीको जिम्मेवारी पाउने भएका हुन् । त्यसै गरी नेकपा एकीकृत समाजवादीका तर्फबाट वसन्त मानन्धर र वसुन्धरा हुमागाईँ मन्त्री बन्ने निश्चित भएको छ ।