Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमति प्रदेश सरकार संकटमा

काठमाण्डौ । आफ्नै पार्टी भित्र मिलाप नहुँदा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समेत असफल साबित हुदैछन् । बागमति प्रदेशमा एमालेका ५६ जना सांसद छन् । तीनसँग निति तथा कार्यक्रम ल्याउँदा र बजेट प्रस्तुत गर्दा सल्लाह लिने काम मुख्यमन्त्री पौडेलले गरेनन् । आफ्नै टीमका २३ जना सांसद गुनासो गर्छन् । र मुख्यमन्त्रीको तहबाट चासो नलिदा विपक्षीहरु झन् आकर्मक बन्दै छन् । बागमति प्रदेशमा माओवादी २३, काँग्रेस २२, विवेकशील साझा ३, राप्रपा नेमाकिपाका २ २ र एक जना स्वतन्त्र सांसद छन् ।

५३ जना विपक्षी एक हुँदा पनि एमाले ५६ लाई लडाउन सक्दैनन् । तर असन्तुष्टी एमालेमै चर्काे छ । केन्द्रको प्रभाव प्रदेशमा पर्न थालेको छ । अहिले बजेटको लडाँइ त्यहाँ छ । बजेट पास गर्न पनि सरकारलाई कठिन छ । मुख्यमन्त्रीले आफ्नै टिम भित्र छलफल गर्नु पथ्र्याे । तर उनले एक लौटी रुपमा बजेट बनाएको अवस्था छ । विवाद मिलेको छैन । प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठहरुलाई नै लत्याएका उदाहरण प्रदेश प्रमुखको नियुक्ति र मुख्यमन्त्रीहरुको छनौछ मै देखियो । विवाद मुख्यमन्त्रीहरुले नै बढाएका हुन् । शेरधन राई, डोरमणि पौडेल, शंकर पोख्रेल, पथ्वी सुब्बा गुरुङको हैसियतमा होइनन् । मात्र ओली गुटमा जोडिनु उनीहरुको योग्यता हो । एमालेको केन्द्रको द्वन्दलाई चुनौतीको दिन कर्णाली र सुदुरपश्चिमका एमाले सांसदले चुनौती दिएर कम्युनिष्ट पार्टी बिचको एकता टुट्न दिएनन् । त्यो कुरा ओली समूहलाई मन परेको छैन । त्यहाँ एमाले प्रदेश २ र बागमतिमा जस्तो दरिलो छैन । त्यहाँ एमाले प्रदेश १ र बागमतिमा जस्तो दरिलो छैन । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको अवस्था छ । आफ्ना कमजोरी नदेख्ने विपक्षीको खोइरो खन्ने चलन संस्थापनको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

भान्सामा लडेर माधव पत्नी गायत्री घाइते

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल