Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमतीमा सत्तारुढ गठबन्धन बहुमतमा

काठमाडौं । संघीय सरकारको समिकरण परिवर्तनसँगै प्रदेश सरकारहरु धमाधम धरासायी बनिरहेको छ । हाम्रो नेपाली पार्टी हानेपा बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका छन् । योसँगै बागमती प्रदेशमा तत्कालका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सरकार जोगिएको छ । कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । दुई सिटे हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएसँगै सत्तारुढ दलको पक्षमा ५७ सिट पुगेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक छ ।