Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौँडाले सबै सरकारी कार्यालयमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ। प्रदेश सरकारका सचिवले पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताए।