Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लामा ६ जना महिला र २० जना पुरुष गरी कुल २६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, संक्रमणका कारण मृत्यु हुनेका सबैभन्दा बढी काठमाडौंमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना रहेका छन् । त्यस्तै ललितपुरमा ५ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ५ जना, नुवाकोटमा २ जना, सिन्धुली र रामेछापमा १÷१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयको तथ्याङ्क रहेको छ । मृत्यु हुनेहरु ३७ वर्षदेखि ८९ वर्ष उमेर समुहका रहेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल