Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा ९प्रचण्ड–माधव समूह० ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी भएको छ ।
आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन् ।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।
प्रचण्ड–माधव समूहबाट संसदीय दलको नेता बनाइएकी नेतृ अष्टलक्ष्मी शाक्यले आज पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको र सभामुख पनि अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गर्दै तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल