Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मन्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बिमाबापतको प्रिमियम तिरेको हो । प्राप्त विवरणअनुसार काठमाडौँ जिल्लाका एक सय ५५ घरपरिवार भक्तपुरका ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका एक सय एक घरपरिवार, दोलखाका दुई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ । सबैभन्दा बढी चितवनमा स्वस्थ्य बीमा गरिएको बताइएको छ । एक सय चार जना महिला स्वयंसेविका, अपाङ्गता भएका तीन सय ७७ जना तथा अति सीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार छ सय तीन परिवारको रु ५८ लाख ३८ हजार स्वास्थ्य बीमा बापतको भुक्तानी गरिएको सो मन्त्रालयले जनाएको छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल