Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बागलुङ बाढीमा बेपत्ता ३६ मध्ये ११ जनाको शव भेटियो

काठमाडौँ । कोरोना महामारीकाबीचमा प्राकृतिक विपत्तिले समेत ठूलो जनधनको क्षति पुर्याइरहेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए ।

जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, झन्डै ५० देखि ५५ घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । बिहान ४ बजेदेखि हिँडको टोली हालसम्म पनि घटनास्थल पुग्न सकेको छैन । इन्सपेक्टर भण्डारीले भने, घटनास्थलमा पुग्न अझै ३० मिनेट पैदल हिँड्नुपर्छ । गाडी जान सक्दैन । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दैछ । पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।