Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाघको छाला सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटाहरु करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरान चोक गाँउपालिका-६ घर भएका २२ वर्षीय केशव अर्याल रहेका छन् । दुर्लभ वन्यजन्तुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडीरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त सालकको खपटा र निगालो बाघको छाला सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई उक्त खपटा र छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।